|
फाइल फोटो

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष २०२० मा १० लाख विदेशी पर्यटकलाई लुम्बिनी भ्रमण गराउने लक्ष्य रहेको बताएका छन।

बौद्ध दर्शन तथा गुम्बा विकास समितिको समन्वयमा बुधबार सिंहदरबास्थित मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले लुम्बिनीमा १० लाख विदेशी पर्यटकलाई भ्रमण गराउने लक्ष्य पूरा गर्न सहयोग गर्न सबै बौद्ध गुरुहरूलाई आग्रह गरे।

उनले सरकारले लुम्बिनीको विकासका लागि गुरु योजना बनाउन लागेको समेत जानकारी दिए। त्यस्तै, बुद्धजयन्तीमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सम्मेलन गर्नेसमेत बताए।

त्यस्तै, मन्त्री भट्टराईले २०२० लाई पर्यटन प्रवर्द्धनका लागि आधार वर्षको रूपमा विकास गरी ‘पर्यटनका निम्ति एक दशक’ अभियान लागू गर्ने बताए।

नेपालमा सबै सिजनमा पर्यटनको सम्भावना रहको बताउँदै सरकारले पूर्वाधार विकास गरी सोही अनुसार पर्यटन प्रवर्द्धनको काम गर्ने रणनीति बनाएको समेत बताए। उनले लुम्बिनी विकास कोषको संरचनागत ढाँचा सानो भएको बताउँदै त्यसलाई बृहत्तर लुम्बिनी विकास परिषद्को रूपमा विकास गर्नुपर्ने समेत बताए।

त्यस्तै जनवरी एकमा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा बुद्धको आकृति बनाई मन्त्र बाचन गर्नसमेत बौद्ध गुरुहरूलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.