|

नवलपरासी : पश्चिम नवलपरासीमा सडक दुर्घटना न्यूनिकरण गर्न निर्माण सामग्री बोक्ने टिप्परलाई टाईमकार्ड लागु गर्न लागिएको छ। तीब्र गतिमा गुड्ने टिप्परका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले टाईमकार्डको ब्यबस्था गर्न लागेको हो। 

अबदेखि पश्चिम नवलपरासीमा मालबाहक सवारी साधनहरुले यात्रुहरु चढाउन पाउनेछैन्। जिल्लामा सडक दुर्घटना न्यूनिकरण निम्ति कार्ययोजना तयार पार्न कार्यदलनै गठन गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत ज्योतीराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, यातायात ब्यबसायीका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक, र बर्दघाट नगरपालिकाका एक जना प्रतिनिधि रहेका छन्। कार्यदलले आगामी बैठकमा सडक दुर्घटना न्यूनिकरण गर्नका लागि तयार पारिएको कार्ययोजना पेश गर्नेछ।

जिल्लाका पूर्व पश्चिम राजमार्ग र भित्री सडकखण्डमा गुड्ने सवारीसाधनको चेकजाँचलाई नियमित गर्न जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयले ब्यबस्था मिलाउनेछन्। यात्रुबाहक सवारी साधनहरुले आफ्नो क्षमता भन्दा बढी यात्रु बोक्ने कार्य बढेकोले त्यसमा पनि निगरानी बढाईने र क्षमता भन्दा बढी यात्रु चढाउन रोक लगाउने बताईएको छ। रुट प्रमिट प्राप्त नभएका सडकहरुमा सवारीसाधन नचलाउने र रुट प्रमिटका लागि पहल गर्ने समेत जिल्ला प्रशान कार्यालयमा भएको बैठकले निर्णय गरेको छ।

बैठकले सडकमा रहेका खाल्डा खुल्डी पनि दुर्घटनाको कारक बन्ने गरेका कारण त्यस्ता खाल्डा खुल्डी पुर्न डिभिजन सडक कार्यालय बुटवल, बुटवल–नारायणघाट सडक विस्तार आयोजना, स्थानीय तह लगायतका सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने, जिल्ला भित्र संचालन हुने टिप्परहरुलाई टाइम कार्डको व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालले मिलाउने, सार्वजनिक यातायात संचालन हुने सडकहरुमा बस बिसौनीको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने र सुनवल क्षेत्रमाबसपार्कको व्यवस्था मिलाउन सुनवल नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ।

दुर्घटना न्यूनिकरण गर्नका लागि सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरी चालकले मादक पदार्थ सेवन गरी सवाची नचलाउन, सवारी चलाएको अबस्थामा मोबाईल फोनको प्रयोग नगर्न सचेत गराईने बताईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.