|

काठमाडौं : इरान र अफगानिस्तानमा बनेको न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गरेको छ। हिउँदयाममा पानी र हिउँ पार्ने यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ। 

हिजो (बुधबार) साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। यो प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू(भागमा भारी हिमपात हुने सम्भावना रहेको विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा उल्लेख छ। 

आज देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। साथै, पछिल्लो पटक भित्रिएको मौसमी प्रणालीका कारण देशभरकै मौसम बदली भई अधिकतम र न्यूनतम तापक्रम समेत घट्नेछ। 

उच्च पहाडी र हिमाली भू(भागमा भारी हिमपात र पहाडी भेगमा बर्षा भई तापक्रम घट्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.