|
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान बिरान्ता अत्मड्जाले विदाइ भेट गरेका छन्। आफ्नो ४ वर्षे कार्यकालको समाप्तिसँगै स्वदेश फर्किन लागेका अत्मड्जाले प्रधानमन्त्रीलाई भेटेर विदा मागेका हुन्।

भेटमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको र भूकम्पको विपत्तिका बेला इण्डोनसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिए।

इण्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न इच्छुक रहेको धारणा राखे।

सो अवसरमा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको विश्वास व्यक्त गरे।

साथै उनले नेपालीलाई इण्डोनेशियामा फ्री र अराइभल भिसाको व्यवस्था गरिएको जानकारी पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.