यो पटक फिल्टर बाँडियो

|
सांकेतिक तस्वीर

गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाका जयाखानी र खड्गकोटका गर्भवती महिलालाई दिएको अण्डा पुरुषले सितन बनाएर रक्सीसँग खाईदिएका खुलेको छ। पोषण परिपूर्ति गर्न गर्भवतीलाई दिएको अण्डा नै सितन बनाइदिएपछि गाउँपालिकाले यसपटक महिलाहरुलाई फिल्टर वितरण गरेको छ। 

गाउँपालिकाका ३ र ६ नम्बर वडाका केही पुरुषले आफ्नी गर्भवती श्रीमतीलाई राज्यले दिएको अण्डा रक्सीको सितन बनाएर खाइदिएका हुन्। फिल्टर वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले गतबर्ष गर्भवतीलाई दिएको अण्डा पुरुषले सितन बनाइदिएकाले यो पटक फिल्टर वितरण गरिएको बताएकी छिन्।

गर्भवतीहरुलाई शुद्धपानी पिउने सुविधा दिन र स्वास्थ्यचौकीमा नियमित गर्भ परीक्षणका प्रेरित गर्न गाउँपालिकाले पानी छान्ने फिल्टर वितरण गरेको हो। कालीगण्डकी गाउँपालिका वडा नं–७, भुर्तुङका वडाध्यक्ष लोकप्रताप शाहले वडा भित्र सुत्केरी भएका महिलाहरुलाई अनिवार्य रुपमा एक माना घिउ लिएर भेट्न जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.