|

काठमाडौं : किराँत समुदायको महान् चाड उधौलीका अवसरमा डा. शिवमाया तुम्वाहाङफेले देशविदेशमा रहेका  नेपाली किराँत दिदी बहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेकी छन्। 

किराँत चाड उधौली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सदभाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।

उनले उधौलीजस्ता चाडवाडले नेपाली धर्म, परम्परा र संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै हर्षोल्लासपूर्ण मनाउन अपिल पनि गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.