|

सल्यान : पोल गाडेको आधा दशक बित्दा पनि कालिमाटी रामपुरमा बिजुली बल्न सकेको छैन। कालिमाटी रामपुरमा बिजुलीको पोल गाडेको ५ वर्षभन्दा बढी भए पनि तार विस्तार नहुँदा बिजुली नबलेको हो। 

विद्युत प्राधिकरण दाङको लापरवाहीका कारण अँध्यारोमा बस्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ। प्राधिकरणको सहमतिमा कालिमाटी रामपुर गाविसले १२ लाखको लगानीमा पोल किनेर गाडिसकेको भएपनि तार बिस्तार हुन नसकेको कालिमाटी रामपुरका स्थानीय वीरबहादुर वलीले बताए।

‘गाउँमा उद्योग कलकारखाना खोल्न सहज भनेर गाविसको पैसा छुट्याएर पोलमा हालियो। तर बिजुली अाएन', स्थानीय प्रदीप खत्रीले भने, ‘पोल किन्ने पैसाले अन्य विकास निमार्णको काम गरेको भए प्रतिफल दिइसक्थ्याे।’ कालिमाटी रामपुरमा बिजुली ल्याउन राजनीतिक दल तथा सरकारले चासो नदिएको गुनासो उनले गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.