|

पाकिस्तानको लाहोरमा दुई फरक क्षेत्रका पेशाकर्मीबीचको विवादले उग्ररुप लिएको छ।

दुई साताअघि डाक्टरबाट आफ्ना एक साथी कुटिएपछि आक्रोशित वकिलहरुको समूहले पंजाब 'इन्स्टिच्युट अफ कार्डियोलोजी'मा छिरेर तोडफोड गरेका हुन्।

यो हमलाका क्रममा अस्पतालभित्र रहेका केही गम्भीर बिरामीहरुको ज्यान नै गएको छ। पञ्जाबका स्वास्थ्यमन्त्री यास्मीन राशिदले वकिलहरुको आक्रमणका कारण अस्पतालमा तीन जनाको ज्यान गएको जानकारी दिएका छन्।

प्रहरीले अस्पताल तोडफोड गर्न गएकामध्ये ४० जना वकिललाई पक्राउ गरेको छ। आफ्ना साथीमाथि डाक्टरले गरेपछि त्यसको बदलामा आफुहरु अस्पताल तोडफोड गर्न पुगेको वकिलहरुले स्वीकारेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.