|

ओखलढुंगा : जिल्लाका अधिकांश गाउँघरमा अझै पनि परम्परागत रूपमा बाँसको थाङ्ग्रोमा मकै भण्डारण गर्ने गरिन्छ। मुसासहित अन्य किराबाट जोगाउनुका साथै घाममा सुकाउनका लागि सहजताका लागि थाङ्ग्रोमा परम्परागत रुपमै मकै भण्डारण गर्ने गरिएको हो।

बाँसको चारवटा खाँबो गाडेर त्यसमा मकैको झुत्तालाई मिलाएर कुन्यु बनाएर राखिन्छ। पानीबाट जोगाउनका लागि थाङ्ग्रोको माथि खर र प्लास्टिकले छोपिन्छ। मुसा र अन्य किराको क्षतिबाट जोगाउन घरबाहिर सुरक्षित रुपमा भण्डारण गर्न थाङ्ग्रो बनाएर राख्ने गरेको स्थानीय बताउँछन्।

दुई वर्षसम्म सुरक्षित

यसरी भण्डार गरिएको मकै एकदेखि दुई वर्षसम्म पनि सुरक्षित हुने खिजिदम्वा गाउँपालिकाका ९ का लाक्पा दोर्जे शेर्पाको भनाइ  छ। घरभित्र मकै भण्डारण गर्दा पुतली र घुनले खाएर सक्ने भएका कारणले नै परम्परागत रुपमा मकै यसरी राखेको चम्पादेवी गाउँपालिका-५ का कुमार विश्वकर्माले बताए।

कामको समयमा मकैको दाना निकालेर सुरक्षित पनि राख्न कठिन हुने भएका कारण राख्न कठिन हुने तामाङको भनाइ छ। परापूर्व कालदेखि यसरी आँगनमा थाङ्ग्रोमा मकैको राख्ने प्रचलन छ र यो तरिकाले मकै राख्न पनि रहज हुने किसानहरुको भनाइ छ। सजिलो अनि सुरक्षित भएकाले गाउँघरमा परम्परागत रुपमा नै मकै भण्डारण गर्ने गरोको  पाइन्छ।

जिल्लाको सुनकोशी, लिखु, खिजीदेम्वा, चम्पादेवी, चिसंखुगढी, मानेभन्ज्याङ र मोलुङ गाउँपालिका तथा जिल्लाकै एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा  मकै बढी उत्पादन हुने गरेको छ।

पाखो जमिनमा धान कम उत्पादन हुने र बेसीका फाँटहरुमा पनि मकै राम्रो उत्पादन हुने भएका कारण ओखलढुंगामा मकैलाई प्रमुख कालीका रुपमा लिइन्छ।

यहाँका स्थानीयले बर्खे बालिको मुख्य रुपमा मकै खेती गर्ने गरेका र थारै मात्रामा भए पनि जिल्लाका सबै ठाउँमा मकै खेती हुने गरेको छ।  ओखलढुंगामा १२ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.