|

चितवन : बँदेलको आक्रमणबाट चितवनमा ३ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-१३ गङानगरका ७६ वर्षीय केबी राई, ७१ वर्षीय कुमारी तामाङ र ३८ वर्षीय मोर्ते दर्जी घाइते भएका हुन्।

तीनैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आफ्नै बारीमा काम गरिरहेका उनीहरूलाई बिहान १० बजे एक्कासि बँदेलले आक्रमण गरेको जनाइएको छ।

पछिल्लो समय जंगली जनावर र मान्छेबीच द्वन्द्व बढिरहेको छ। झापा, उदयपुर, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा जंगली हात्तीको आतंक बढिरहेको छ। त्यस्तै बैतडीका कतिपय गाउँमा चितुवा आतंकका समाचारहरू आउने गरेका छन्।

कञ्चनपुरको महाकाली नगरपालिकामा बुधबार मात्रै  जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.