|
फाइल फोटो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युत्को खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतीकरण गर्न सके आन्तरिक बजारको वृद्धि हुने बताए। क्षेत्रीय रूपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताए।

प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत् उत्पादन बढाउन लागिएको समेत बताए। माथिल्लो तामाकोसी सम्पन्न गरी छिट्टै विद्युत् आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.