स्वास्थ्य प्रयोगशाला परीक्षण र नतिजाहरूको दर्ता अनिवार्य गरिने

|

काठमाडौं : अबदेखि नेपालमै उत्पादन गरिएका औषधि तथा नयाँनयाँ खोपहरूको परीक्षण गर्नको लागि विदेशी अनुसन्धान निकायमा गएर अनुमति लिएर परीक्षण गर्नुनपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लेऔषधि, खोप र उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धान गर्नका लागि नेपालमा पहिलोपटक प्रयोगशाला परीक्षण दर्ता प्रणाली अर्थात् क्लिनिकल ट्रायल रजिष्ट्रीको स्थापना गरेको हो।

नेपालमा क्लिनिकल ट्रायल सम्बन्धित अनुसन्धानहरु दिनप्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको सुरुवात भएको हो। क्लिनिकल ट्रायल रिजिष्ट्रि भनेको प्रयोगशाला परीक्षण अध्ययन अनुसन्धान दर्ता गर्ने आधिकारिक निकाय हो।

२०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषदको आचारसंहिता बोर्डबाट २१ वटा यस्ता परीक्षणसम्बन्धी अनुसन्धान प्रस्तावको स्वीकृत गरिएको थियो। यस्ता खालका परिक्षण नेपाल हुने भए पनि दर्ताका लागि अन्यत्र रहेका परिक्षणका आधारमा रहनुपर्ने बाध्यताको अन्त्य भएको छ । जसबाट प्राप्त नतिजाबाट समेत नेपाल र नेपालीहरु लाभ लिन सकेका थिएनन्।

नेपाल अनुसन्धान परिषदका आचारसंहिता बोर्डका अध्यक्ष डा प्रकाश घिमिरेले एमडि एमएसको अनुसन्धान अध्ययनगर्नेहरुले विदेशीको क्लिनिकमा गएर काम गर्नुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताए। यसले अनुसन्धानकर्ताहरुलाई अनुसन्धान गर्ने वातावरणको सिर्जना गर्ने, आफुले अनुसन्धान गरेका नतिजाहरु आफैसँग सुरक्षित रहने उनले बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. अन्जनी झाले यसको स्थापना गर्न एक वर्षदेखिको अभ्यास जारी रहेको र त्यसका लागि एउटा समिति समेत बनाइएको बताए। यसमा  दर्ता  हुनै पर्ने बाध्यतात्मक अवस्था नभएपनि आफनो खोज अनुसन्धानलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनका लागि दर्ता गर्नु आवश्यक रहेको बताए।

नेपालको यस केन्द्रमा परिक्षणका नतिजाको तथ्याङ्क राख्नका लागि २ जना अनुसन्धान अधिृकतहरु अशोक पाण्डे र अरुण शाहलाई विशेषज्ञ भएर काम गर्ने गरि जिम्मेवारी दिइएको छ । उनीहरुले भारतबाट यससम्बधि ७ दिने तालिम समेत लिएका छन्।

सन् २००४ नोभेम्बरमा मेक्सिकोमा भएको एक कार्यशाला गोष्ठीमा एकल प्रणालीबाट क्लिनिकल ट्रायल रजिष्ट्रिको अन्तर्राष्ट्रिय सञ्जाल बनाउन माग भएअ नुसार अहिले विश्वस्वास्थ्य संगठन अन्तर्गत इसिटिआरपी नेटवर्कमा १८ देशका प्राइमरि रजिष्ट्रिहरु आवद्ध रहेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.