विश्व बैंकको प्रक्षेपणसँग अर्थमन्त्री असहमत

|

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य साढे आठ प्रतिशत रहने प्रक्षेपण गरेकोमा विश्‍व बैंकले भने करिब दुई प्रतिशत कम हुने गरी आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। सन् २०१९ मा ७.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेकोमा सन् २०२० मा ६.४ प्रतिशतको वृद्धिदरको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षमा सन् २०१९/२० मा गरी ६.५ प्रतिशतको आर्थिक वृद्धिदर कार्यम हुने प्रक्षेपण विश्‍व बैंकको नेपाल अपडेट प्रतिवेदनले गरेको छ। वास्तविक मूल्य आधारमा चालु वर्षका कृषिको ४, उद्योगको ८.३ र सेवा क्षेत्रको  ७.२ प्रतिशत नै रहने विश्‍व बैंकले जनाएको छ। 

विश्‍व बैंकले स्थानीय तहमा तथ्यांकीय अभाव रहेको र उनीहरू गरेको कामको विश्‍लेषणमा समस्या देखिएको जनाएको छ। रेमिट्यान्स वृद्धिदर कम र औद्योगिक उत्पादन पनि कम भएको अवस्थामा त्यसको प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ।

लगातारको उच्च व्यापार घाटा बाह्य क्षेत्रमा जोखिम बढाउनेतर्फ विश्व बैंकले सचेत गराएको छ। भूराजनीतिक तनाव बढ्यो भने रेमट्यान्स घट्ने र त्यसको प्रभाव वित्तीय तरलतामा देखिने विश्‍व बैंकले जनाएको छ। निर्यात व्यापार बढाउने र आयात घटाउने उपाय गरे कम जोखिम रहने विश्‍व बैंकले जनाएको छ।

विश्‍व बैंकले खर्च क्षमता बढाउन नसक्दा त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको जनाउँदै पुँजीगत खर्च बढाउनको लागि आग्रह गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले क्षेत्रीय तथा अन्तराष्ट्रिय परिदृश्‍यको कारण पनि अर्थतन्त्रमा प्रभाव पर्ने बताए। उनले अहिलेनै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा पुनारावलोकन गर्न हतार हुने बताए। उनले विश्‍व बैंकको प्रक्षेपण गलत ठहर्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.