|
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै १० दिनको समय तोकेर दल दर्ताका लागि आह्वान गरेको हो। आयोगले दल दर्ताका लागि मंसिर २७ देखि पुस ६ गतेसम्म १० दिनको समय दिएको छ।

'राष्ट्रियसभा सदस्य निर्वाचनका प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ४८ बमोजिम दर्ताका लागि संवत २०७६ साल मंसिर २७ गतेदेखि पुष ७ गतेसम्म १0 दिनको अवधि तोकी' जारी विज्ञप्तिमा भनिएको छ, ' राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन दिन आह्वान गरिन्छ।'

राष्ट्रियसभाका १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। बिहीबार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले माघ ९ गते बिहीबार राष्ट्रियसभाका सदस्यका लागि निर्वाचन हुने जानकारी दिएका थिए। रिक्त हुने १९ मध्ये एकजनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.