|

बुटवलः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लुम्बिनीको विकास सबैको साझा एजेण्डा बन्नुपर्ने बताएका छन्। विगतका कमि कमजोरीमा पश्चाताप गर्नुको साटो लुम्बिनीको विकासमा सबै अगाडि बढ्नुपर्ने उनले धारणा राखे। 

लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा निर्माण गरिएको प्रज्ञास्तुपको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले लुम्बिनी विकास कोषको पदाधिकारीले वेवास्ता गर्दा लुम्बिनीको विकास सबैको साझा एजेण्डा बन्न नसकेको आरोप लगाए। उनले नियुक्तिका लागि मरिहत्ते गर्ने पदाधीकारीले नियुक्तिपछि लुम्बिनीको विकासलाई वेवास्ता गरेको बताए। 

‘नियुक्ति पाउनको लागि लुछाचुँडी गर्ने तर नियुक्ति बुझेपछि वेवास्ता गर्ने परिपाटीका कारण लुम्बिनीको रुपरंग फेरिन सकेको छैन। अव यस्तो परिपाटी बन्द हुनुपर्छ’ उनले भने। पर्यटनको विकासमा स्थानीयको समेत अपनत्व हुनुपर्ने बताउँदै उपप्रधान मन्त्री पोखरेलले पर्यटन विकास भइरहँदा खडा भएका संरचनामा रमाउन भन्दा अहिलेको आवश्यकता र स्थानीयको जीवनलाई जोड्न सक्नुपर्ने बताए।

‘पर्यटनको विकासलाई अहिलेको आवश्यकता र स्थानीय जनताको जीवनसँग जोड्न सकेका छैनौँ,’ उनले भने। सोही कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुद्ध शिक्षाको भोक जताततै जागेको बताए। उनले त्यसलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूरा गर्नुपर्नेमा जोड दिए।

बौद्ध विश्वाविद्यालयका रजिष्ट्रार डाक्टर तिलकराम आचार्यले म्यानमारबाट ७ करोडको लागतमा बुद्धको अस्तुधातु ल्याई प्रज्ञा स्तुपा निर्माण गरिएको जानकारी दिए। प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी विकासकोष संघीयताको मर्मानुसार प्रदेशमा हस्तान्तरण गर्न संघलाई आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.