|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई पेलेरै पार्टीका विभागको संख्या बढाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन्।

बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षले बहिष्कार गरेको कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले हाल २८ विभाग रहेकोमा त्यसलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव गरे।

देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरूलाई परिमार्जन र पुनर्गठन गरी विभाग थप्ने प्रस्ताव गरे। उनले विभागका नाम प्रस्ताव गर्दै तीनको काम, कर्तव्य र अधिकार तोक्ने प्रस्ताव पनि गरे।

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालयमा उपस्थित भए पनि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बैठकमा सहभागिता नै जनाएनन्। त्यस्तै, पौडेल र सिटौला पक्षले विभागको संख्या थप्ने विषयमा देउवाले एकलौटी गरेको, नेविसंघ, तरुणदलको विवाद समाधान गरी अधिवेशन तोक्न नसकेको, पार्टीको आगामी महाधिवेशनको नयाँ कार्ययोजना नल्याएको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्।

कांग्रेसको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले हालै सम्पन्न १३ औँ सागमा पदक विजेता खेलाडीहरूलाई बधाइ ज्ञापन गर्दै समग्र खेलकुदको प्रगति र खेलाडीको व्यवसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न सरकारसँग आग्रह पनि गरेको छ।

उपनिर्वाचनबारे समीक्षासमेत गरेको बैठकले स्थानीय तहमा केन्द्रीत रहने पार्टीको तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गर्दै माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरेको छ।

बैठकमा पार्टीको आगामी महाधिबेशनको कार्यतालिकाबारे पनि छलफल भएको केन्द्रीय सदस्य भिष्मराज आङदम्वेले जानकारी दिए। 

प्रस्तावित  केन्द्रीय विभागहरू

१.     संगठन विभाग
२.     सूचना, संचार तथा प्रचार विभाग 
३.     अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४.     राज्य प्रशासन विभाग
५.     आर्थिक नीति तथा योजना विभाग
६.     अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग
७.     नेपाली जनसम्पर्क समिति समन्वय विभाग
८.     संघीय मामिला तथा प्रदेश समन्वय विभाग
९.     संसदीय मामिला विभाग 
१०.     संवैधानिक तथा कानुन विभाग
११.     स्थानीय तह समन्वय विभाग
१२.     महिला विभाग
१३.     तरुण विभाग
१४.     विद्यार्थी विभाग
१५.     जिल्ला सम्पर्क समिति समन्वय विभाग
१६.     पेशागत तथा बुद्धिजीवि विभाग
१७.     शिक्षा विभाग
१८.     स्वास्थ्य विभाग
१९.     गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
२०.     उद्योग व्यापार विभाग
२१.     पर्यटन विभाग
२२.     निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२३.     कृषि तथा किसान विभाग
२४.     आदिवासी जनजाती विभाग
२५.     खेलकुद विभाग
२६.     प्राकृतिक श्रोत विभाग
२७.     साहित्य, कला तथा संस्कृति विभाग
२८.     श्रम, बैदेशिक रोजगार समन्वय एवं आप्रवासन विभाग
२९.     फरक क्षमता समन्वय एवं उत्प्रेरणा विभाग
३०.     दलित विभाग
३१.     द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३२.     मुस्लिम विभाग
३३.     वन तथा वातावरण विभाग
३४.     तराई मधेश विभाग
३५.     वित्तिय संस्था तथा सहकारी समन्वय विभाग
३६.     पिछडिएको क्षेत्र समन्वय विभाग
३७.     विज्ञान तथा प्रविधि विभाग
३८.     भू.पू. सैनिक विभाग
३९.     अन्य पार्टी सम्पर्क र समन्वय विभाग
४०.     शुभेच्छुक संस्था समन्वय विभाग
४१.     अन्य भ्रातृ संघ समन्वय विभाग

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.