|
Photo : www.amarujala.com

भारतको उत्तर प्रदेशमा स्कुल बस र ट्रक एकआपसमा जुध्दा २५ स्कुले बालबालिकाको मृत्यु भएको छ। एटा जिल्लाको अलीगंज इलाकामा भएको दुर्घटनामा ३० भन्दा बढी बालबालिका घाइते भएका छन्।

मृत्यु भएका बालबालिका एलकेजी देखि कक्षा ७ सम्म पढ्ने, ४ देखि ११ वर्षका रहेको बताइएको छ।

बिहीबार बिहान जेएस विद्या पब्लिक स्कूलको बसलाई बालुवा बोकेको ट्रकले ठक्कर दिएको थियो। बाक्लो हुस्सु लागेको कारण दुर्घटना भएको बताइएको छ। बसमा ६१ बालबालिका रहेका थिए।

घाइते मध्ये २० भन्दा बढी बालबालिकालाई सरकारी अस्पतालमा भर्ना गरिएको छ।  केही घाइते बालबालिकालाई अभिभावकले उपचारका लागि अन्तै लगेको बताइएको छ। बाकीँ घाइतेलाई आगरा र अलीगढका अस्पतालमा पठाइएको छ।

दुर्घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट मार्फत दुख व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.