|

काठमाडौं :   नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलिका लागि सरेको छ।

उपनिर्वाचनको समीक्षा, आगामी स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका काम लगायतको कार्यसूचीमा छलफल गर्न बैठक आज बस्ने भनिएको थियो। 

मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो। सबैको प्रतिवेदन समयमै नआएको भन्दै मंसिर २३ गते बसेको सचिवालयको बैठकले पुनः निर्देशन दिएको थियो। त्यसपछि प्राप्त भएका प्रतिवेदनमाथि भोलि बस्ने सचिवालय बैठकमा छलफल हुनेछ। 

सचिवालय बैठकमा मंसिर २९ गते सुरु हुने स्थायी कमिटीको बैठकका एजेन्डाहरूको विषयमा पनि छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए। अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा र आगामी कार्ययोजना तयार गर्न व्यस्त रहेको छन्। प्रचण्डकै व्यवस्तताका कारण आजको सचिवालय बैठक सारिएको उनको निकट स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.