|

काठमाडौं : अभिनेता विपिन कार्कीलाई 'किङ' अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ’को पोष्टर र टिजरपछि निर्माण टिमले गीत सार्वजनिक गरेको छ। सार्वजनिक लोकशैलीको गीतमा सेल्फी किङ उर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाइज् फिचर्ड छन्।

कथाअनुसार नै फिल्ममा आउने गीतमा गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ। 'जाली रुमाल’ बोलको गीतमा बि. पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ। गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन्।

सोलुको सल्लेरीमा छायांकन गरिएको गीतमा केकी कलाकारकै रूपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन्। जहाँ विपिन हाँस्यकलाकारको रूपमा उपस्थित छन्। गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन्।

‘सेल्फी किङ’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ। ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। उनको यो डेब्यु फिल्म हो।

विपिनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन्। गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रूपमा यसलाई निर्माण गरेका हुन्।

फिल्ममा विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द रहेको छ।  

उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन, विनोद पौडेलको स्टिल फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ। यसमा सहनिर्माता राजेश विसुराल र प्रवल कोइराला रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.