|

जाजरकोट : चिसोबाट बच्नका लागि जिल्लाका सातैवटा स्थानीय तहका गरिब परिवारलाई जिल्ला प्रशासन कार्यालयले सहायता गर्ने भएको छ।

महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा, दाउरा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। त्यस्तै, विभिन्न विपतबाट बच्नका लागि सातैवटा स्थानीय तहलाई उच्च सर्तकतामा रहनसमेत आग्रह गरिएको उनले बताए। विपत प्रतिकार्य योजना बनाएर कार्यान्वन गर्नसमेत आग्रह गरिएको उनको भनाइ छ।

विपत प्रतिकार्य योजनाका लागि स्थानीय सरकारले बजेट विनियोजन नगरेका कारण समस्या भएको भन्दै तत्काल सो समस्या समाधान गर्न आग्रह गरिएको छ। त्यस्तै सातैवटा स्थानीय तहमा १ वटा पर्ने गरी हेलीप्याड निर्माण गर्न आग्रह पनि जिल्ला प्रशासनले आग्रह गरेको छ।

'नाइटभिजन हेलिकोप्टर अवतरण गर्नका लागि बत्तीको व्यवस्थासहितको हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ' उन भने 'विपत प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन नेपाली सेनाले तालिम दिने भएकाले सोको लागि आवश्यक सामग्री स्थानीय तहले उपलब्ध गराउन पनि आग्रह गरिएको छ।'

त्यस्तै, विकास निर्माणको कामलाई तीव्रता दिन विषयमा पनि छलफल भएको छ। जिल्ला स्तर समन्वय बैठकबाट जिल्लाका सबै ठाउँमा सरकारी जग्गा अतिक्रमको तथ्यांक संकलन गरी यथासिग्र बुझाउन र काम नगर्ने निर्माण व्यवसायीको नामावली संकलनसमेत आग्रह गरिएको उनले बताए।

जाजरकोटका सात सबडिभिजन राख्न प्रस्ताव

सातवटा स्थानीय तहमा वन सबडिभिजन  राख्नका लागि कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा पत्र पठाएको छ। मुख्यमन्त्री कार्यालयले सवडिभिजन घटाउन पठाएको पत्रको आधारमा बसेको बैठकले प्रत्यक स्थानीय तहमा एकवटा पर्ने गरी सात सबडिभिजन राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयमा पत्र पठाएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.