|

जनकपुरधाम : बिहानैदेखि सिमसिमे वर्षा भइरहेका कारण प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामको जनजीवन प्रभावित बनेको छ। वर्षाले चिसो ह्वात्तै बढेको छ। प्रदेश-२ का अन्य जिल्लामा समेत हल्का वर्षा भएको छ।

वर्षाले बजारमा चहलपहल पातलिएको छ। जानकी मन्दिरमा समेत पूजापाठ गर्नेहरूको संख्या अन्य दिनको तुलनामा ह्वात्तै घटेका छन्। सर्वसधारण छाता ओढेर सडकमा आवत–जावत गरिरहेको देखिन्छ। अन्य वर्षको तुलनामा यसवर्ष ढिलोगरी जाडो सुरु भएको छ।

वर्षाले चिसो बढाएपछि कपडा पसलहरूमा बाक्लो लुगा किन्नेहरूको भीड लागेको देखिन्छ। अन्य दिनको तुलनामा आज लुगाको बिक्री बढेको जानकी मन्दिर अगाडी फुथपाथमा लुगा पसल गरेकी सुनैना साहले बताइन्। उनले भनिन्, ‘आजदेखि बल्ला जाडोको लुगा बिक्री हुन थालेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.