|

चितवन : चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेको छ। नारायणगढमा रहेको सहकारीले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेसनलाई सो रकम हस्तान्तरण गरेको हो।

संस्थाको १०औँ वार्षिकोत्सवको अवसर पारी फाउण्डेसनका अध्यक्ष सीतारा कट्टेल 'धुर्मुस'लाई संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले रकम हस्तान्तरण गरेका हुन्। जनस्तरबाट निर्माण भइरहेको रंगशाला सम्पन्न गराउँन सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको चुकेले बताए।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद कृष्ण भुर्तेल, विजय सुवेदीलगायतको उपस्थिति रहेको थियो। पछिल्लो समय रंगशाला निर्माणमा स्वस्फुर्त रुपमा सहयोग आउने क्रम बढेको छ। फाउण्डेसनका अध्यक्ष धुर्मुसले हरेक दिन व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग आउने क्रम बढेको बताउँदै सबैको सहयोग निरन्तर रहे निर्धारीत मितिमै निर्माण सम्पन्न गर्ने बताए।

डिपिआर तयार भएसँगै पछिल्लो समय रंगशाला निर्माणले गति लिएको छ। धुर्मुसकै उपस्थितिमा हरेक दिन १ सय ४१ जना कामदार रंगशाला निर्माणमा खटिएको फाउण्डेसनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.