उपचारपछि घर फिर्ता

|
तस्वीर : सिंहको फेसबुकबाट

काठमाडौं : सत्तासाझेदार नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै बुटवलको सडक पेटीमा ढलेका छन्।

शुक्रबार बेलुकी बुटवलस्थित मिलनचोकको आकाशे पुलनजिक सडकपेटीमै ढलेपछि सिंहलाई उपचारका लागि कालिकानगरस्थित चौराहा हस्पिटल प्रालि पुर्‍याइएको थियो। करिब दुई घण्टा उपचार गरेपछि सिंहलाई अस्पतालले घर पठाइदिएको छ।

लडेर ठोक्किँदा निधार केही सुन्निएको, तर स्वास्थ्यअवस्था सामान्य रहेको चौराहा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन्। बुटवलमा रहेको केन्द्रीय कार्यालयमा पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गरेपछि सिंह चौराहातर्फ पैदल हिँडेर जाँदै थिए। सोही क्रममा उनी लडेका हुन्। 

८४ बर्षीय सिंह नेपालको वामपन्थी आन्दोलनका पुराना नेता हुन्। मोहनविक्रमकै कम्युनिष्ट पाठशालामा हुर्किएका धेरै नेताहरु अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.