|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले धनुषा बम विस्फोटमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन्। 

विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गृहमन्त्री थापाले मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना दिएका छन्।

गृहमन्त्रीले लेखेका छन्–'धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गएराती भएको विष्फोटमा परि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ।

मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।'

शुक्रबार राती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा आपराधिक समूहको प्रयोग गरी गराइएको विस्फोटमा शुक्रबार राती बिस्फोट गराई प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह र आनन्द शाहको साहको हत्या भएको छ। विस्फाेटमा परी तीनजना घाईते भएका छन्।

गृहमन्त्रीको थापाको फेसबुक स्टाटस :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.