|

मुगु : बिहीबार रातिदेखि उच्च हिमाली बस्ती र शुक्रबार रातिदेखि मुगुको वेशी क्षेत्रमा बाक्लो हिमपात भएको छ। 

उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको छ।

उच्च क्षेत्रमा दोस्रो पटक हिमपात भएको भए पनि सदरमुकामग गमगढीमा यो वर्षको पहिलो पटक बाक्लो हिमपात भएको छ।

जनजीवन कस्टकर

हिमपातसँगै चिसो अत्यधिक बढेपछि जनजीवन कस्टकर बन्दै गहेको छ। हिमपातका कारण आवतजावतमा असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ।

बाक्लो हिमपातले राराताल आसपासका करिब दुई फिट हिउँ जमेको छायानाथ रारा नगरपालिकाकी नविना रोकायाले बताइन्। मुगुको तापक्रम माइनस ६ डिग्री छ।

किसान खुसी

बाक्लो हिमपाले कर्णालीका किसानमा खुसी छाएको छ। हिमपातले जनजीवन कष्टकर भए पनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका हुन्। हिमपातसँगै किसानहरू खेतबारीमा पस्नेछन्।

बाँझोबारीमा गहुँ, जौ, उवाँ, फापरलगायत अन्नबाली लगाउँछन्। कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पुर्‍याएको छ। हिमपात किसानका लागि फाइदाजनक रहेको कृषि ज्ञान केन्द्र मुगुका कार्यालय प्रमुख केबी रोकायाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.