|

काठमाडौं : मंसिरमा परेको हिउँदे झरीपछि बिहीबार रातिदेखि हिमाली र उच्‍च पहाडी भेगमा हिमपात भएको छ।

उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ। हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडान हुन सकेन।

त्यस्तैगरी, सोलुखुम्बुको लुक्ला क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातका कारण लुक्ला विमानस्थलमा पार्किङ गरिराखेको हेलिकोप्टरहरू हिउँले ढपक्कै ढाकिएको देख्‍न सकिन्छ। मंसिरमा परेको हिउँदे झरीका कारण कतै जीवन कष्टकर बनेको छ भने कतै बालीनाली सप्रिने आसले किसानहरू उत्साहित भएका छन्।

माथिल्लो सगरमाथाका जिल्लामा शुक्रबारदेखि भारी हिमपात भएको छ। ओखलढुङ्गा र सोलुखुम्बु आसपासका जिल्लाको माथिल्लो क्षेत्रमा लगातार हिउँ परिरहेको छ। जिल्लाको थोलेदेम्बा, खिजीफलाटे, ठाडे, धाप, पात्ले, भुसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ जमेको छ। हिउँमा रमाउने बढे चिसोका कारण जनजिवन कष्टकर भए पनि हिउँमा रमाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ।

हिउँमा रमाउनका लागि जिल्ला सदरमुकाम र आसपासका क्षेत्रका व्यक्तिको घुइँचो लागेको जन्तरखानीका घरवास सञ्चालक हरिकुमार मगरले बताए। 'हिउँ परिरहेको छ, चिसोले बालबालिका र वृद्धवृद्धामा समस्या भए पनि हिउँ खेल्न आउने युवाको बिहानैदेखि घुइँचो लागेको छु, उनले भने 'हिउँ परेको थाहा पाउने बित्तिकै हुलका हुल मान्छे आउँछन्, चिसो हिउँमा रमाएर जान्छन्।' ओखलढुङ्गाको ठाडे जन्तरधापदेखि सोलुखुम्बुको पत्ताले क्षेत्रमा हिउँले आन्तरिक पर्यटक बढाएको छ।

फाेटाे: आङटासी शेर्पा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.