|

काठमाडौं :  चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघको निवार्चन आउँदै छ। जसले गर्दा देशभरका चिकित्सकहरूलाई चुनावको सरगर्मी सुरु भएको छ। संघको केन्द्रीय कार्यकार्यकारिणी समितिको ०७६ – ०७९ कार्यकालका लागि आगामी माघ महिनामा हुन लागेको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको हो।

संघको आउँदो माघ ४ देखि २१ गतेसम्म  शाखा कार्यालय र केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुँदैछ। प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले सूचना जारी गर्दै निर्वाचनमा उम्मेदवार हुन चाहने संघका आजीवन सदस्यले शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र  शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन पत्र दर्ताको अन्तिम समय तोकेका थिए।

शनिबार १ बजेपश्चात् निर्वाचन कार्यक्रमको कामकाज नहुने प्रमुख निर्वाचन अधिकृत मरासिनीले बताए।  निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ।

 चिकित्स‍कहरूको हकहितका लागि सांगठानिक रूपमा आवाज उठाउने हुँदा देशका लगभग सबै चिकित्सक संघमा आबद्ध हुने गर्छन्। राजनीतिक प्रजातान्त्रिक विचारधारामा आस्था समूह बलियो रहे को संघमा यसपालि हुने निर्वाचनमा प्रगतीशिल समूहले पहिलोपटक आफूले संघको नेतृत्व लिने बलियो अभ्यास गरेको छ।

माघमा हुन लागेको नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा लोकतान्त्रिक खेमा र प्रगतिशील खेमाबाट छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ।

नेकपानिकट प्रगतिशील समूहबाट अध्यक्षमा डा पुष्पमणि महासचिवमा डा बस्नेत

नेपाल चिकित्सक संघको माघमा हुन लागिको नयाँ कार्यकारिणी सभाको निर्वाचनमा प्रगतिशील समूले उम्मेदवार टुंग्याएको छ। प्रगतिशील समूहबाट अध्यक्षमा डा पुष्पमणि खराल र महासचिवमा डा मधुर बस्नेतले उम्मेदवारी दिने भएका छन्।

यहि प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा रञ्जीत झा,  र डा सन्जिव शाह कोषाध्यक्ष, सहकोषाध्यक्ष डा उदय सिंह । सदस्यहरूमा डा दीपक कोइराला, डा जगदीश विष्ट, डा लिजन महर्जन, डा राकेश शाह, डा  सुमन काफ्ले।

यसअघि प्रगतिशील समूहबाट आकांक्षी धेरै भएपछि उम्मेदवार टुंग्याउन हम्मेहम्मे भएको थियो। नेपाली कांग्रेसनिकट लोकतान्त्रिक समूहले आइतबार नै अध्यक्ष उपाध्यक्षसहित १० जनाको उम्मेदवारी दिइसकेको छ।

कांग्रेसनिकटको लोकतान्त्रिक समूहबाट अध्यक्ष डा लोचन कार्की माहासचिव डा बद्री रिजाल

 

यस्तै कांग्रेसनिकट चिकित्सकहरुबाट अध्यक्ष पदका लागि हालका महासचिव डा लोचन कार्कीको उम्मेदवारी परेको छ।

यस्तै उपाध्यक्षमा डा अनिल विक्रम कार्कीको र कोषाध्यक्षमा डा प्रकाश बुढाथोकीको उम्मेदवारी परेको छ। यस्तै  माहासचिवमा डा बद्री रिजालले उम्मेदवारी दिएका छन्। सहसचिवमा डा निरजकुमार सिंह, सदस्यहरुमा डा रितेश थापा, डा प्रमोद जोशी, डा विक्रान्त ढकाल डा सन्जिव तिवारी, डा नन्दा गुरुङ सहित १० जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि शनिबार दिउसो १ बजेसम्मको सीमा तोकेको थियो।

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.