|
फाइल फोटो

जनकपुरधाम : धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएपछि घटनाको छानबिन गर्न प्रहरीले छानबिन समिती गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानबीन समिति बनाएको हो। उक्त समितिले घटनाको छानबिन अगाडि बढाएको प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न रहेको आशंकामा दुई महिलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। पक्राउ पर्नेमा हंशपुर नगरपालिका-२ की सीतादेवी महरा, सोही ठाउँकी ललितादेवी महरा र मिथिला विहारी नगरपालिका-१ का ररामसोभित धानुक छन्।

बम विस्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, क्षीरेश्वरनाथ-५ का रामेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ। मृतक रामेश्वरको आँगनको गेटमा राखिएको बम शुक्रबार मध्यरातमा विस्फोट भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.