|

काठमाडौं : मौसममा आएको खराबीका कारण शनिबार हुने भनिएको पोखराको प्रिमियर लिग आइतबार हुने भएको छ।

शुक्रबार पानी परेर  क्रिकेट मैदान हिलाम्य बनेको थियो। पानी र चिसो बढेपछि पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले निर्धारित खेल तालिका एक दिन पर सारेको थियो। पोखरामा शनिवार घाम लागेपछि काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीच हुने उद्धघाटन खेल आइतबार हुने भएको छ। 

पोखरा प्रिमियर लिग  मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । दोश्रो संस्करणको पिपिएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन्।

यो संसस्करणमा विराटनगर टाइटन्सको कप्तानी प्रदीप ऐरीले । काठमाडौं गोल्डेन वारीयर्सको कप्तानी ज्ञानेन्द्र मल्लले, धनगढी ब्लुजको कप्तानी दीपेन्द्र सिंह ऐरीले, चितवन राइनोजको कप्तानी पारस खड्काले  र बुटवलको ब्लास्टर्सको कप्तानी सोमपाल कामी सम्हालेका छन् भने  पोखरा पल्टनको कप्तानी शरद भेषावकरले सम्हालेका छन्।

यो प्रतियोगितामा उत्कृष्ट हुने विजेता टिमले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गरिने भएको छ। 

यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्ने छन्। प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु क्लियर टिभि  र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने जनाएको छ।

पिपिएलको पहिलो संस्करणमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.