कोही आफन्तको र कोही पैसा दिएर नै नक्कली परीक्षार्थी : प्रहरी

|

सुर्खेत : प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार बिहान भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले दिएको जानकारीअनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविको परिक्षा केन्द्रबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) परिक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

एसपी पन्तले नक्कली परीक्षार्थीको बारेमा अनुसन्धान सुरु गरिएको बताए। अनुसन्धानपछि मुद्दा प्रक्रिया सुरु गर्ने एसपी पन्तले जनाए। उनका अनुसार कोही आफन्तको र कोही पैसा दिएर नै नक्कली परीक्षार्थी बनेको पाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.