|

भद्रपुर : अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार स्तोरन्ततिको पखाइमा रहेका भद्रपुर भन्सार कार्यालयको स्थलगत अनुगमन गरेका छन्।

छोटीबाट मूल भन्सारमा स्तरोन्नति भएको भद्रपुर भन्सार कार्यालयको २०७५ साल भदौ १९ गते उद्घाटन गरेको अर्थमन्त्री डा. खतिवडा झन्डै १५ महिनापछि पुनः भद्रपुर भन्सारको अवस्थाबारे बुझ्न शनिबार बिहान कार्यालय पुगेका थिए।

भन्सार कार्यालयको अनुगमन गर्दै राजश्व सङ्कलनको अवस्थामा बारे बुझेका अर्थमन्त्री डा. खतिवडाले सुशासन र पारदर्शिता कायम राख्न कर्मचारीलाई निर्देशन दिएका छन्।

डा. खतिवडाले भद्रपुरसहित झापाको दक्षिणी नाकाबाट हुने अवैध कारोबारको अवस्थाका बारेमा समेत कर्मचारीसँग बुझेका थिए। चोरी निकासीबाट आयात हुने सरसामान र वस्तुहरूलाई नियन्त्रण गर्न भन्सार कर्मचारीसहित सहभागी प्रहरीलाई निर्देशन दिए।

कार्यक्रममा भद्रपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणीन्द्र खतिवडा, मेची भन्सार कार्यालय काँकडभिट्टाका धुव्रकुमार विश्वकर्मा, आन्तरिक राजश्व कार्यालय मेचीका प्रमुख युवराज श्रेष्ठ, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थक्सु, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ, झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्मा लगायतको उपस्थिति थियो।

जग्गा अधिग्रहणमा अर्थमन्त्रीको चासो

भद्रपुर भन्सारको जग्गासहित पूर्वाधार स्तोरन्ततिका लागि अर्थ मन्त्रालयबाट प्रक्रिया अघि बढिसकेको ६ महिना बित्न लाग्दासमेत अहिलेसम्म भन्सारले जग्गा अधिग्रहण गर्न सकेको छैन। जग्गा अधिग्रहण नगरेसम्म भौतिक पूर्वाधार निर्माण हुँदैन। छिटोभन्दा छिटो जग्गा अधिग्रहण गर्न अर्थमन्त्री डा. खतिवडाले भद्रपुर भन्सार प्रमुख खतिवडालाई निर्देशन दिएका छन्।

‘सिडिओको नेतृत्व रहेको जग्गा अधिग्रहण मूल्याकंन समितिमार्फत भन्सारलाई चाहिने जग्गा अधिग्रहणमा लाग्नुहोस्’, अर्थमन्त्री डा. खतिवडाले भने, ‘अर्थमा भन्सारको स्तोरन्ततिका लागि पर्याप्त बजेट छ, छिटो काम सक्नुहोस्, पूर्वाधार पनि छिट्टै बन्छ।’

यता झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्माले पनि अर्थमन्त्रीलाई भन्सारको स्तोरन्ततिका बारेमा ध्यानाकर्षण गराउँदै जग्गा अधिग्रहण, पूर्वाधारसहित पार्किङ व्यवस्थापन विषय वस्तुका जानकारी गराएका थिए। 

त्यस्तै, भद्रपुर भन्सार प्रमुख खतिवडाका अनुसार जग्गा अधिग्रहण सिडिओलाई लिखित र मौखिक रूपमा जानकारी गराइसको छ। 'अब छ्ट्टिै सिडिओ साबसँग बसेर जग्गा अधिग्रहणका लागि काम सुरु गर्छौ,' उनले भने।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.