|

काठमाडौं : डकैती गरेर १३ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले झापाबाट पक्राउ गरी कारागार चलान गरेको छ। केन्द्रीय अनुसन्धान ब्यरोको प्रहरी टोलीले झापा तोपगाछिका दुरेन राईलाई १३ वर्ष पुरानो मुद्दामा पक्राउ गरी कारागार पठाएको हो।

राईले २०६० असोज ५ गते ललितपुरमा रहेको फास्ट इन्टरनेशनल प्रालिको कार्यालयमा दुर्गाबहादुर लिम्बुलाई पेस्तोल देखाई धम्की दिई १० लाख ६६ हजार ७५ रुपैयाँ डकैती गरेका थिए। उनलाई २०७० फागुन १ गते ललितपुर जिल्ला अदालतले छ वर्ष कैद र १६ लाख १७ हजार एक सय १२ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। 

यसैगरी बहुबिवाहको मुद्दामा तीन वर्षदेखि फरार रहेका धादिङ मुलपानीका ४८ वर्षीय राजेन्द्रकुमार बानियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ। बानियाँलाई तीन वर्ष र २५ हजार रुपैयाँ जरिवाना धादिङ जिल्ला अदालतले सुनाएको थियो।

उनलाई गोंगबुबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाइएको ब्युरोले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.