संखुवासभा : संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस पुखुवाको सुरुङभित्र ढुंगाले लागेर एकजना मजदुर गम्भीर घाइते भएको छन्। घाइते हुनेमा सिन्धुपाल्चोकका ३६ वर्षीय हरि तामाङ रहेका छन्।
अरुण तेस्रोको पावर हाउस पुखुवाको सुरुङभित्र काम गरिरहेका तामाङलाई माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका थिए।
ढुंगाले लागेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकका तामाङको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।