|
फाइल फोटो

काठमाडौं : शनिबार १३ औँ संसद सेवा दिवस मनाइएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरि सेवा दिवस मनाइएको हो।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सांसद र कर्मचारी संयुक्त प्रयासमा मात्र संसद् र संसदीय समितिलाई प्रभावकारी तुल्याउन सकिने भएकाले एकआपसमा हातेमालो गरी एक भएर अघि बढ्नुपर्ने आवश्कतामाथि जोड दिए।

'सरकारलाई जनताप्रति उत्तरदायी बनाउने भूमिकामा रहेको संसद्का काम कारवाही र गतिविधिलाई परिणाममुखी तुल्याउन कर्मचारीले सक्रिय भएर खटनुपर्दछ', उले भने, 'सांसद र कर्मचारी एकअर्काका पुरक हुन। एकअर्कोको सहयोग विना पूर्णता हुँदैन। नूनको सोझ मात्रै नगरौँ, जिम्मेवार भएर काम गरौँ।'

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सचिवालयका कर्मचारीहरुले गर्ने ढिलासुस्ती प्रति असन्तुष्टि व्यक्त गरिन्। ‘सबै कर्मचारीको काम राम्रो छ तर केही ढिलासुस्ती हुने गर्दछ त्यसलाई सुधार गर्नुपर्‍यो’, उनले भनिन्।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद सेवालाई विशिष्ट सेवाको रुपमा विकास गर्न अन्य देशहरुको अभ्यास र कामकारवाहीलाई अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए। कर्मचारीलाई सक्षम बनाउन प्रशिक्षणका लागि सचिवालयभित्रै प्रभावकारी संयन्त्रको आवश्यकता रहेको उनले बताए।

दिवसका अवशरमा संसदका उत्कृष्ठ कर्मचारीलाई पुरस्कृतसमेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.