सल्यान : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पत्रकारिता ज्यान जोखिम मोलेर गरिने पेशा भएको बताएका छन्। चुनौतीको सामना गर्न नसक्ने व्यक्ति पत्रकार बन्न नसक्ने भन्दै उनले जोखिमलाई आत्मसाथ गर्न सक्ने मात्र पत्रकार बन्न सक्ने उनको भनाइ छ।
शनिबार सल्यान खलंगामा दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले विगतमा समाचार लेखेकै आधारमा पत्रकारले ज्यान गुमाउनु परेको बताउँदै निर्भिक र निडर व्यक्तिमात्र पत्रकार बन्न सक्ने बताए।
मन्त्री ज्वालाले जनताको हित नै सरकारले अघि सारेको निती कार्यक्रम उद्देश्य रहेकोले पत्रकारिताका माध्यामवाट विकासलाई प्राथमिकता दिनु पर्ने बताए। उनले भने, ‘पत्रकारिता पेशामा सीप र क्षमता आवश्यक हुन्छ। त्यसका लागि अध्ययन गर्नु जरुरी छ।’ खोज पत्रकारिताका गर्न र समाजलाई सूसुचित गर्न पनि विद्यागत ज्ञान आवश्यक रहेमा जोड दिए।
सूचना तथा प्रशारण विभागका निर्देशक धुर्वकुमार पोख्रेलले पत्रकारिता पेशालाई उत्तरदायी र जवाफदेही बनाउन पत्रकारको क्षमता अभिवृद्धि गर्न सरकार पनि लागेको बताए। सूचना तथा प्रविधि मन्त्रालय पनि नियमनसँगै पेशागत सीप विकासमा लागि रहेको उनको भनाइ छ।
सूचना तथा प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभाग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा ३ दिनसम्म सञ्चालन हुने पत्रकारको क्षमता अभिवृद्धि तथा प्रेस प्रतीनिधि परिचय पत्र वितरण, नवीकरण कार्यक्रम रहेको छ। तालिमको सहजीकरण विजय मिश्र र मिराराज भण्डारीले गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।