|

दैलेख : दैलेखमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए।

जंगलमा घाँस काट्न गएका उनलाई करेन्ट लागेको थियो। प्रहरीका अनुसार सालको रूखमा घास काटन गएको बेला बिजुलीको तार छोएपछि करेन्ट लागेको हो। बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.