|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले इन्टरपोलका अध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता मेङ्ग होङ्ग्वीबीच भएको भेटमा नेपाल र चीन असल छिमेकी भएकोले सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन चाहेको बताएका थिए। 

नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाएर हामी नेपाल र चीनबीच सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन चाहन्छौं’, प्रधानमन्त्री प्रचण्डले भने– ‘हामी चीन र तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिने छैनौं। हिजो, आज र भोलि पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहने कुरा विश्वास दिलाउन चाहन्छु।’

उनले नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको जानकारी गराउँदै भारतको गोवा भ्रमणका क्रममा त्रिदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, सि जिनपिङ र नरेन्द्र मोदीबीच निकै सकारात्मक छलफल भएको स्मरण गराएका थिए।

 प्रधानमन्त्री प्रचण्डले इन्टरपोलको कारण नेपाल प्रहरीको सुदृढ र व्यवसायिक बनाउन राम्रो सहयोग गरेकोमा धन्यवाद पनि दिएका थिए। भेटमा होङ्ग्वीले नेपालको एक चीन नीतिप्रति धन्यवाद व्यक्त गर्दै इन्टरपोलको मूख्यालय फ्रान्सको भ्रमण गर्न प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.