|

काभ्रे : डाँडापारीस्थित घर्तिछापमा भएको जीप दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। घाइतेहरुको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भैरहेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङले जानकारी दिए। 

‘सबै घाइतेलाई हेलिकप्टरबाट अस्पताल ल्याईसकेका छौं, उहाँहरुको उपचार भैरहेको छ,’ उनले भने। डाँडापारीस्थित गोकुले गाविसको टोके दमारमा भएको तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछारको कार्यक्रममा सहभागी भएर बनेपा फर्किदै गरेको जिल्ला कृषि विकास कार्यालयको बा १ झ ५४०८ नम्बरको गाडी घर्तिछाप–८ मैनचौरमा दिउँसो पौने २ बजेतिर पल्टेको  थियो।

दुर्घटनाको खबर थाहा पाउने बित्तिकै काभ्रेको गोकुले प्रहरी चौकीको टोली घटनास्थल पुगि घाइतेहरुको उद्दार गरेका थिए। काभ्रेका डिएसपी नविनराज राईका अनुसार गाडिमा १० जना सवार थिए। दुर्घटनामा घाइते भएका नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला सेक्रेटरी ईन्द्रबहादुर थिङ(छिन्ताङ)को हात भाँचिएको छ। त्यस्तै, कृषि कार्यालयका प्रमुख दर्गा पण्डित र गाडी चालक तिलक बस्नेतको टाउकोमा चोट लागेको लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.