|

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा ज्यान गुमाएका राजेश्वर साह र उनका छोरा आनन्द साहको शनिबार साँझ दाहसंस्कार गरिएको छ।

मृतक राजेश्वरका भतिजा अंशु साहले दुवै जनालाई दागबत्ती दिए। अंशु मात्र ८ वर्षका छन्। मृतक राजेश्वरका कान्छा छोरा प्रकाश समेत विस्फोटको छर्रा लागेर गम्भिर घाईते छन्।  उनको धरानमा उपचार भइरहेको छ। उनका भाई राजकुमार साह खाडी मुलुक मलेसियामा रहेको बताइएको छ।

नेकपा नेता तथा पूर्वमन्त्री रघुविर महासेठ समेत दाहसंस्कारमा सहभागी भइन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। 

विस्फोटपछि शोकमा डुबेका महेन्द्रनगरका हजारौं मानिस दाहसंस्कारमा सहभागी भएका थिए। बम विस्फोटले महेन्द्रनगरबासी त्रसित बनेका छन्। विस्फोट भएपछि रातभर सुत्न नपाएको मृतक राजेश्वरका परोसी सुरेश साहले बताए। उनले विस्फोटले गाउँका बच्चादेखि बृद्धसम्म डराएको सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.