बर्दिया : तीव्र गतिमा गुडेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुईजनाको घाइते भएका छन्।
मधुवन नगरपालिका–९ मा तीव्र गतिमा आएको सवारी साधनले दुईवटा मोटरसाइकल ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार गुलरिया–७ महाकवि स्कुल टोलका २० वर्षीय समीर शाह (गोलु) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। यस्तै, अर्को मोटरसाइकलमा सवार गुलरिया–७ का रिजवान सिद्दिकी र मधुवन नगरपालिका–६ का २७ वर्षीय शरद ओली घाइते भएका छन्।
विपरीत दिशाबाट आएको सवारी साधनले भे २ प २३१३ र र ना ५९ प ८०७ नम्बरको दुईवटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नभएकाले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।