|
पक्राउ परेका अधिकारी

काठमाडौं : सिंचाइ विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारी पक्राउ परेका छन्। 

सरकारी छाप तथा दस्तखत किर्तेमा  फरार रहेका अधिकारीलाई दोलखा प्रहरी र काठमाडौं प्रहरीको स्ंयुक्त टोलीले काठमाडौंबाट पक्राउ गरिएको दोलखा प्रहरी प्रमुख मानबहादुर राईले जानकारी दिए। 

पक्राउ परेका अधिकारी यस अघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बनमा थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धानपछि दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो। 

अधिकारी कार्यरत सिंचाई डिभिजन कार्यालयको सरकारी छाप दस्तखत किर्ते मुद्दामा हालसम्म फरार रहेका थिए। उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रमुख राईले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.