प्रधानमन्त्रीले ओलीले भने : म स्वस्थ छु

|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदमाथि छलफल भएको छ। 
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रतिवेदनमाथि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी समितिका मुख्य एजेण्डाको विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बसेको हो।

 प्रचण्डले राजनीतिक कार्यसूची प्रस्तुत गरेको छन्। राजनीतिक प्रतिवेदन, नेकपाको विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, सीमा समस्या लगायतको विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

ओलीले भने : म स्वस्थ छु 
प्रधानमन्त्री ओलीले आफू स्वास्थ्य भएको बताएका छन्। स्वास्थ्य अवस्थाको कारणले यसअघिको २ बैठकमा सहभागी नभएका ओली यसपटकको बैठकमा सहभागी थिए। तर, ओली बैठकको पूरा समयसम्म बसेनन्।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी र छलफल भएको उनले जनाए। बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासमेत गरेका छ। 

स्थायी समितिको बैठक १ बजेबाट
नेकपाको एक वर्षपछि बस्न लागेको स्थायी समितिको बैठक आइतबार दिउँसो १ बजेबाट सुरु हुँदै छ। पार्टीको विधानअनुसार तीन/तीन महिनामा बस्नुपर्ने थियो। तर, बस्न सकेको थिएन।

संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.