पौडेल पक्षले आज पनि बैठक बहिष्‍कार गर्ने

|

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाबीच आइतबार बिहान महाराजगञ्जमा भेटवार्ता भएको छ।आन्तरिक विवाद चुलिँदै गएपछि निधिकै पहलमा महामन्त्री कोइरालाको निवासमा भेटवार्ता भएको हो।

निधि र कोइरालबीच भएको छलफलमा नेवि संघ, तरुण दल, पार्टीका बिभिन्‍न विभाग र महाधिवेशनको कार्यतालिकाबारे विषयमा सहमति गरेर अघि बढ्ने बिषयमा कुराकानी कांग्रेस स्रोतले जनाएको छ । 

‘उहाँ दुवे नेताहरुले गत बिहिबारको बैठकमा पेश भएका एजेण्डाका बिषयमा सहमतिका साथ अघि बढ्नुपर्नेमा सहमत हुनु भएको छ,’ पार्टी प्रवत्ता विश्व प्रकाश शर्माले भने । 

निधिसँगको छलफलपछि महामन्त्री कोइरालाले प्रकाशमान सिंह लगायतका नेतालाई छलफलका लागि आफ्नै निवासमा बोलाएका छन्। सिंह, निधि र कोइरालाबीचको छलफलपछि निधि र कोइरालाबीच पुन: छलफल हुने कांग्रेसका प्रवत्ता शर्माले जानकारी दिए। 

कांग्रेसले आइतवार दिउँसो १ बजेको लागि केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ। आजको बैठकमा गत बिहीबार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा पेश गरेका विभिन्‍न एजेण्डामाथि छलफल हुनेछ ।

बिहीबारको बैठकमा महाधिबेशनको कार्यतालिका नल्याएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समूहले बैठक बहिष्कार गरेको थियो । तर, सभापति देउवाले पेलेरै बिभागको संख्या बढाएर ४१ वटा बनाउने लगायतका एजेण्डा प्रस्तुत गरेका थिए। 

बैठक बहिष्कार गरेको पौडेललाई फकाउन  शनिबार बिहान सभापति देउवा र उपसभापति विमलेन्द्र निधि पौडेल निवास बोहोराटार पुगेका थिए।

तर पौडेलले पुरानै अडान दोहोर्याएपछि दिउँसो ४:२५ बजे देखि करिब ३ घण्टासम्म सिंह निवास चाक्सीबारीमा छलफल भएको थियो। छलफलका लागि देउवा पक्षबाट उपसभापति निधि र पौडेल पक्षबाट सिंहले नेतृत्व गरेका छन्। 

पौडेल पक्षले फेरि बैठक बहिष्‍कार गर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बरिष्ठ नेता रामचन्द्र पक्षधरले आज पनि बहिस्कार गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजेको लागि डाकिएको छ।

पौडेल पक्षले गत बिहिबार पनि सभापति देउवाले छलफल बिनै विभागको प्रस्ताव ल्याएको र महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै बहिस्कार गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.