|

काठमाडौं :  चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघको निवार्चन गर्दा देशभरका चिकित्सकहरूलाई चुनावको सरगर्मी सुरु भएको छ।

संघको केन्द्रीय कार्यकार्यकारिणी समितिको ०७६ – ०७९ कार्यकालका लागि आगामी माघ महिनामा हुन लागेको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको हो। संघको आउँदो माघ ४ देखि २१ गतेसम्म शाखा कार्यालय र केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुँदैछ।

चिकित्स‍कहरूको हकहितका लागि सांगठानिक रूपमा आवाज उठाउने हुँदा देशका लगभग सबै चिकित्सक संघमा आबद्ध हुने गर्छन्। राजनीतिक प्रजातान्त्रिक विचारधारामा आस्था समूह बलियो रहे को संघमा यसपालि हुने निर्वाचनमा प्रगतीशिल समूहले पहिलोपटक आफूले संघको नेतृत्व लिने बलियो अभ्यास गरेको छ। माघमा हुन लागेको नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा लोकतान्त्रिक खेमा र प्रगतिशील खेमाबाट छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ।

तर, केही चिकित्सकहरूले आफूहरूलाई स्वतन्त्र उम्मेदारका रूपमा उम्मेदवारी दर्ता गरेका छन्।अघिल्लो निर्वाचनमा नेकपानिकट मानिने चिकित्सकहरुको समूह प्रगतिशील समावेशी प्यानलबाट डा अजयकुमार मिश्र महासचिवको उम्मेद्धार थिए । तर यसपटक उनी स्वतन्त्र रुपमा महासचिव पदमै उम्मेदवारी दिएका छन्।

यस्तै, पछिल्लो समय पाका चिकित्सक तथा युवा चिकित्सकहरुको विचमा लोकप्रिय रहेका सरकारी चिकित्सकका अध्यक्ष समेत रहेका डा दिपेन्द्र पाण्डेले पनि माहासचिव पदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। 

हुन त सुरुमा प्रगतिशील समावेशी प्यानलले यसपटक डा  दीपेन्द्र पाण्डेलाई उठाउने भनिए पनि अन्तिममा आएर प्यानलबाट डा मधुर बस्नेतले महासचिव पदमा उम्मेदवारी दिएपछि डा पाण्डेले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्। यस हिसाबले यसपटक प्रगतिशील समावेशी प्यानलले महासचिव पदमा दुईजना बागी उम्मेदवार पनि पाएको छ भनेर भनेर चिकित्सकबीच चर्चा चल्न थालेको छ।

यद्धपि, प्रगतिशील समूहबाट उम्मेदवार छनोट गर्ने पदाधिकारीहरू बागीको लफडा मिलाएर छाडने बताएका छन्। गोदानको अध्यक्ष समेत रहेका महासचिव डा पाण्डेले युवा चिकित्सक माझ चर्चित छन् । प्रगतिशील समूहले उनलाई नै उम्मेदवार बनाउँछ भन्ने धेरैको अनुमान पनि थियो।

उनले भने, ‘स्वतन्त्र रूपमा चुनावमा उम्मेदारी दिएको छु युवा चिकित्सक र अन्य साथीहरूले पनि सहयोग दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु मेरो उम्मेदारी मुलत: चिकित्सकहरूको हक हितको लागि हो।'

यसअघि कांग्रेसनिकट प्रजातान्त्रिक समूहले महासचिवमा डा बद्री रिजाललाई उठाउने निर्णय गर्दा सो समूहमा निकै लफडा भएको थियो। यद्धपि, अहिले सो लफडा टुंगिएको प्रजातान्त्रिक समूहका चिकित्सक बताउँछन्। प्रगतिशील समूहले अहिले देखिएको बागी उम्मेदवारी सोमबारसम्म मिलाउने बताएका छन्।

चिकित्सक संघको निर्वाचन समितिले सोमबार दिउँसो सम्ममा उम्मेदवारको दाबी विरोध र नाम फिर्ता लिने समय तोकेको छ। संघमा अध्यक्ष पछि निकै शक्तिशाली मानिने माहासचिवको पदमा रहेका व्यक्ति अर्को पटक अध्यक्षको बलियो उम्मेदारीसमेत पनि मानिने गरिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.