|

धनकुटा :  धनकुटाको छथर जोरपाटि गाउँपालिका २ मा आइतवार मध्यान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। हिलेबाट सिधुवातर्फ जाँदै गरेको को २ ह ६६११ को अटो विपरित दिशाबाट आइरहेको को१ ख ६९१२ को लो प्याट गाडीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोका चालक धनकुटा नगरपालिका २ का २५ वर्षीय दशरथ पाख्रिन र त्यसमा सवार यात्रु तेह्रथुम छथर १ सुक्रबारेका ४५ वर्षीय साङ्गे शेर्पाको घटनास्थलमा नै ज्यान गएको प्ररहरीले जनाएको छ।

यसैगरी, दुर्घटनामा छथरजोरपाटीका रविन घिमिरे र तेह्रथुमको लालिगुँरास नगरपालिकाका प्रदीप बस्नेत घाइते भएको छन्। घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.