|
तस्विर : रामचन्द्र पौडेलको फेसबुकबाट

काठमाडौं : नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय समितिको बैठक बहिष्‍कार गरेर पाथीभरा दर्शनका लागि गएका छन् । रामचन्द्र पौडेलले केन्द्रीय समितिको बैठक बस्ने नबस्ने बारे आफूलाई थाहा नभएको र आफू पाथीभरा दर्शनको लागि गएको बताए।

‘केन्द्रीय समितिको बैठक बस्ने नबस्ने मलाई होइन सभापतिज्यूलाई सोध्नुस म चाहिँ पाथीभरा दर्शनको लागि गएको छु,’  थाहा खबरसँग कुराकानी गर्दै पौडेले भने। पाैडेल  आज नै काठमाडाै‌ँ फर्कने उनी निकट स्राेतले जानकारी  दियाे। 

केहीबेर अघि कांग्रेसका महामन्त्री डा.शशांक कोइरालानिवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधिले सहमतिका लागि छलफल गरे पनि उक्त छलफलले पनि सहमति जुटेन।

पौडेल पक्षका नेताहरुले महाधिवेशनको कार्यतालिका पहिले ल्याउनुपर्ने माग राखेका छन्। उपसभापति निधिसँग छलफल गरेका महामन्त्री कोइरालाले वरिष्ठ नेता प्रकाशमान सिंहसँग छलफल गरेका थिए।

दुई नेताको छलफलपछि पौडेल समुह केन्द्रीय कार्यसमितिको बैठक बहिष्‍कार गर्ने सहमति भएको प्रकाशमान सिंहका सहयोगी यूपी लामिछानेले थाहाखबरलाई जानकारी दिए।

गत बिहीबारको बैठक बहिष्‍कार गरेका पौडेल पक्षलाई फकाउन शनिबार बिहानै सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका थिए। त्यहाँ पनि पौडेलले पुरानै अडान राखेपछि छलफल बिनानिष्‍कर्ष टुंगिएको थियो। त्यसलगत्तै उपसभापति निधिले पौडेल पक्षका नेता प्रकाशमान सिंहलाई उनकै निवासमा भेट गरेका थिए। 

सिंह निवासको भेटले पनि सहमति नजुटेपछि आइतबार बिहान उपसभापति निधिले महामन्त्री डा. शशांक कोइराला निवास महारागञ्ज पुगेर छलफल गरेका थिए। छलफल निष्‍कर्षमा पुगेन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.