|

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। एक सालपछि बसेको नेकपाको स्थायी समितिको बैठक भोलिसम्मको लागि स्थगित भएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेपछि भोलि बिहान ११ बजे बस्नेगरि आइतबारको बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए।

प्रचण्डले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठक र विविध विषयमा छलफल हुने गरी कार्यसूची प्रस्तुत तयार पारेर प्रस्तुत गरेका थिए। १७ पेज लामो प्रचण्डको राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी योजनासमेत समावेश भएका छन्।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा पार्टीको बैठक समयमा गर्न नसकेको र आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता समेत उल्लेख गराएका छन्। अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन र अन्य पार्टीको एजेण्डाको विषयमा भोलिको बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाई छ। 

संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन,राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउने लगायतका विषयमा छलफल गर्नको लागि स्थायी समितिको बैठक बसेको थियो।

एक वर्षपछि बसेको पार्टीको स्थायी समितिको बैठक प्रधानमन्त्री केपी शर्मा ओली  बैठकमा गएका थिएनन्। नेकपाको पार्टीको विधानअनुसार स्थायी समितिको बैठक प्रत्येक तीन-तीन महिनामा वस्नुपर्ने उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.