|

काठमाडौं : भक्तपुरको चाँगुनारायणमा डलर साटिदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपाली सेनामा कार्यरत ३३ वर्षीय एक्काबहादुर दमाईलाई ठगी गर्ने ३५ वर्षिया सुस्मिता पोखरेललाई पक्राउ गरेको हो। 

पोखरेलले दमाईलाई डलर साटिदिन्छु भनी रकम लगेर नक्कली डलर देखाई ठगी गरेको प्रहरीले जनाएको छ। पोखरेलाई महानगरीय प्रहरी बृत्त, दरबारमार्गले पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.