काठमाडौं : वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कार गरे पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। दिउँसो १ बजे डाकिएको बैठक ३ः३० बजे मात्रै सुरु भएको हो।
शनिबार कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले दुई पक्षबीच सहमति नभए पनि आइतबारको बैठक बस्ने र गत बिहीबार पेश भएका एजेण्डाहरू पारित हुने बताएका थिए। पौडेल पक्षलाई सहमतिमा ल्याउन सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले दुई दिन प्रयास गरे पनि सफल भएनन्।
बैठक बहिस्कार गरेर वरिष्ठ नेता पौडेल पाथीभरा दर्शनको लागि गएका छन्। यता, आइतबार बिहान पौडेल पक्षका नेताद्वय प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाले छलफल गरी बैठकमा नजाने निर्णय गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।