|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा सबैले साथ दिनुपर्ने बताएका छन्। २५ औं महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले एक आपसमा मनमुटाव त्यागेर विकास निर्माणको काममा अगाडि बढनुपर्ने बताए उनले भने,' मिले विकास हुन्छ नत्र विकासको काममा पछि परिन्छ।' महानगरवासी र जनप्रतिनिधि मिलेर काम गरे महानगरमा चाँडै विकास हुने उनको भनाइ थियो।

शाक्यले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुसार धेरै काम सुरु भएको बताए। ‘केही काम गर्न पनि बाँकी छन्। त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन्। पार्टीले घोषणा गरेका राम्रा कुराहरू आफ्नै बनाएर लागू गरिरहेका छौँ’, उनले भने।

महानगर दिवसका अवसरमा सडकमानवमुक्त अभियानको पनि घोषणा गरिएको छ।  उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि सबै जनप्रतिनिधि एक भएर काममा लाग्नुपर्ने उनले बताइन्। उनले भनिन्,'महानगर भनेको देशको ऐना हो। यसले विकासको अभिभावकत्व लिनुपर्छ।'

काठमाडौं महानगरपालिकाले विकास निर्माण प्रक्रियाको गतिमा ढिलाइ गरेको उनको भनाइ छ। काठमाडौं महानगरपालिकाको विकास गर्नको लागि यो सुनौलो अवसर रहेको उनले बताइन्। महानगर दिवसका अवसरमा सडकमानवमुक्त अभियानको पनि घोषणा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.